‘अन्नपूर्ण दर्पण-१’ सार्वजनिक

पाेखरा | जेठ ५, २०८०

‘अन्नपूर्ण दर्पण-१’ सार्वजनिक

पोखरा:    अन्नपूर्ण गाउँपालिका, कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए । 


जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीले ‘अन्नपूर्ण दर्पण–१’ पुस्तक सार्वजनिक गरेका हुन् ।  


एक वर्षमा १५ वटा कानून पारित गरिएको, ५० प्रतिशत शुल्कमा नागरिकको स्वास्थ्य बीमा, घरमै बसेर सबै खाले राजस्व तिर्न सक्ने व्यवस्था गरिएको, युवालाई गाइड तालिम दिइएको, पर्यटक सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको, रैथाने बाली प्रवद्र्धनलाई पहल गरेको, सुशासनका लागि बिहान १० बजे नै कर्मचारी कार्यालय हाजिर भएर राष्ट्रिय गानमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको र शाखा प्रमुखको नियमित बैठक गरिँदै आएकोलगायत काम गरिएको पुस्तकमा उल्लेख छ । 


कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कार्यकालको एक वर्ष केही नयाँ कामको सुरूआत र सिकाइमा बितेको बताए । आफूहरू नीति तथा कार्यक्रम, बजेटको तयारीमा रहेको र सबै क्षेत्रका जानकार, स्थानीयसँग छलफल गरेर ल्याउने उनले सुनाए । ‘गहन छलफल गरेर नीति तथा कार्यक्रम ल्याउँछौं । हिजो के गर्नुपर्ने के थियो र के गर्न सकिएन भन्ने हेर्छौं । त्यसलाई अहिले सुधार्छौं,’ अध्यक्ष केसीले भने । 


विकास निर्माणको काममा दलीय हिसाबले लाग्न नहुने केसीको भनाइ थियो । जसले योजना ल्याए पनि त्यसले गाउँ बन्ने भएकाले एकजुट हुनुपर्ने उनले बताए । ‘संघ र प्रदेशसँग बजेट मागेका छौं । सबैले कहाँ कसको पहुँच पुग्छ त्यहाँ योजना मागौं,’ अध्यक्ष केसीले भने, ‘बाटो राम्रो बन्यो भने त्यो सबैलाई राम्रो हुने हो ।’


मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवरले एक वर्षको समीक्षा गरेर अबको चार वर्ष नागरिकको सेवामा अझै गम्भीर भएर लाग्नुपर्ने बताए । पर्यटनमा अन्नपूर्णको सम्भावना धेरे भएकाले त्यसैअनुसारका योजनामा जोड दिन उनले गाउँपालिका नेतृत्वलाई आग्रह गरे । 
 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्